नेपाली साहित्य नपढेको धेरै भैसकेको थियो – लगभग १० वर्ष। एक दिन अचानक Youtube मा “चिना हराएको मान्छे” को अडियो वाचन देंखे अनि सुन्ने रहर लाग्यो।हरिवंश आचार्यको आत्मकथा सुन्न पाउँदा म निक्कै फुरुङ्ग थिए। नेपाली हाँस्य जगतमा हरिवंश आचार्यलाई नचिन्ने को नै होला र! तर उनको कथा बेग्लै रहेछ, हामीलाई टेलिभिजनमा उनले हरक्षण हँसाएका छन् तर जीवनमा उनी त्यो भन्दा गहिरो संघर्षबाट हिंडेका रहेछन्।
बाऊ-आमाले हरिवंश आचार्यलाई पण्डित बनाउने निधो गरेको थिए, त्यही अनुरुप उनको पढाई पनि सुरु भएको थियो। यदि सबै कुरा मिल्दो हो त सायद उनी पण्डित हुन्थ्ये होलान्। तर सानैमा टुहुरो हुन पुगे उनी, गरिबीले समाती हाल्यो। त्यसपछि जीवन धान्न समयसंगै एक पछि अर्को पाहिला चाल्नै पर्ने भयो। सानैदेखि फटाहा अनि पढाईमा कमजोर भएपछि झन् गाह्रो थियो उनलाई।
बाँच्नका लागि गरेको संघर्षले उनलाई मान्छेहरुसंग भिज्न र मिलनसार हुन सिकाईरहेको थियो। नेपालमा हुने गाईजात्रा उनलाई मन पर्थ्यो र रंगमंचमा काम गर्ने इच्छा पनि उनको यसैबाट सुरु भयो। पछि पैसा पनि अलिअलि पाहुने भएसी उनलाई गुजारा चल्यो । त्यसमाथि मदनकृष्ण श्रेष्ठसंग उनको भेट भएसी झन् कलातर्फ उनको लगाव भयो। उनले घर बनाए, मन पराएको केटीसंग बिहे गरे, २ ओटा छोराहरु भए।
तर श्रीमती अनि कान्छो छोराको शारीरिक पिडाले उनलाई सताईरह्यो। कला तथा हास्य मनोरंज्हनबाट मह जोडी समाजको परिवर्तन तिर लागेको थिए। राजनीतिबाट पर बसेर नेपालको समाजमा मह जोडीले अनेकौ टेवा पुराएका छन्। नेपालको तिलगंगा आँखा अस्पताल, काठमाडौँ मोडेल अस्पताल मह जोडीकै सहयोगमा बनेको थियो।
श्रीमती बितेपछि निकै पिडामा उनी बाँचेका थिए । उनले दोस्रो बिहे पनि गरे, छोराहरु ठूला पनि भए। जीवनको यत्रो लामो यात्रा गरिसकेका हरिवंश आचार्य नेपालका राष्ट्रिय गहना हुन्। नेपालका नेताहरुबाट उनी निकै निरुत्साहित छन्, उनी नेपालमा जनताहरुले खुसीको स्वश फेरेको हेर्न चाहन्छन्।
पछिल्लो समयमा नेपाली साहित्यमा लेखिएका राम्रा आत्मकथा मध्ये हरिवंश आचार्यको “चिना हराएको मान्छे” मैले निक्कै अब्बल पाएँ। उनको जीवनबाट सबैले केहि न केहि पक्कै सिक्न सकिन्छ।