काठमाडौं । वाणिज्य बैंकहरुले अब डलरमा प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । अधिकतम ५ सय डलरसम्म भुक्तानी गर्नको लागि बैंक तथा वित्तीय संस्थाले यस्तो प्रिपेड कार्ड जारी गर्न पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत् विदेशी सेवा आयात वापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने सम्बन्धमा यस्तो व्यवस्था गरेको हो । डलर प्रिपेड कार्ड जारी भएपछि नेपाली प्रयोगकर्ताले अनलाइनमार्फत् त्यस्तो कार्डको प्रयोगबाट त्यस्ता सेवाहरु खरिद गर्न सक्नेछन् ।